नेपाल प्रेसको समाचार सम्पादकमा श्यामकृष्ण दाहाल – Nepal Press

नेपाल प्रेसको समाचार सम्पादकमा श्यामकृष्ण दाहाल

काठमाडौं । नेपाल प्रेस डटकमको समाचार सम्पादकको जिम्मेवारी श्यामकृष्ण दाहाललाई दिइएको छ । स्थापनाकालदेखि नै नेपाल प्रेसको समाचार डेस्क संयोजकको भूमिकामा रहेका दाहाललाई बिहीबारदेखि समाचार सम्पादकमा पदोन्नति गरिएको हो ।

प्रधान सम्पादक र सम्पादकपछिको भूमिकामा पुगेका दाहाल २०५६ मंसिरदेखि पत्रकारितामा संलग्न छन् । भोजपुरबाट पत्रकारिता सुरू गरेका दाहालले यसबीचमा स्पेसटाइम दैनिक, नेपाल टेलिभिजन, कम्युनिकेशन कर्नर, राजधानी दैनिक, अन्नपूर्ण पोष्टलगायतका छापा तथा विद्युतीय माध्यममा काम गरिसकेका छन् ।

अनलाइनखबर डटकमको भोजपुर संवाददाताबाट अनलाइन पत्रकारितामा थालेका उनले देखापढीमा पनि काम गरे ।

उनी नेपाल पत्रकार महासंघ भोजपुर शाखाको अध्यक्ष भइसकेका छन् । यसअघि समाचार सम्पादकको जिम्मेवारीमा रहेका विमल नेपालले स्वास्थ्यका कारण दिएको राजीनामा नेपाल इप्रेस मिडिया प्रालिले स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर