पूर्वयुवराज्ञी हिमानीद्वारा लमजुङका ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण – Nepal Press

पूर्वयुवराज्ञी हिमानीद्वारा लमजुङका ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लमजुङ । पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

दुधपोखरी, मर्स्याङ्दी, दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर