प्यूठानमा हामी पहिलो पार्टी हो, प्रतिनिधिसभा पाउनुपर्छ: कांग्रेस – Nepal Press

प्यूठानमा हामी पहिलो पार्टी हो, प्रतिनिधिसभा पाउनुपर्छ: कांग्रेस

रुपन्देही । नेपाली कांंग्रेस प्यूठानले गठबन्धन दलमा जिल्लामा कांग्रेस नै पहिलो पार्टी भएकाले प्रतिनिधिसभाको सीट आफैंले पाउनुपर्ने निर्णय केन्द्रमा पठाएको छ ।

जिल्ला सभापति विष्णुकुमार गिरीले केन्द्रमा लेखेर पठाएको पत्रमा गठबन्धन दलमा मात्रै नभएर एमालेसमेतलाई हेर्दा पनि कांग्रेस नै पहिलो भएको अवस्थालाई ध्यान दिँदै निर्णय गरिदिन आग्रह गरिएको छ ।

गठबन्धन दलमा प्यूठानमा राष्ट्रिय जनमोर्चा तथा माओवादीले दाबी गर्दै आएका छन् । पछिल्लो समय पूर्वएमाले नेता तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको समर्थनमा यहाँबाट उठाउने विषय बाहिर आएपछि यहाँका कांग्रेस कार्यकर्ताहरु आकोशित छन् ।

जनमोर्चाले २०७४ सालको निर्वाचनमा पार्टी उपाध्यक्ष दुर्गा पौडेलले जितेको क्षेत्र भएकाले दाबी गर्दै आएको छ ।

यहाँ कांग्रेसबाट पौडेलसँग पराजित केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल मुख्य दावेदार छन् । उनी योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर