प्रधानमन्त्रीले चाहे पनि गठबन्धन बन्न सकेन, एमालेसँग तालमेल हुन्छ: राजेन्द्र महतो – Nepal Press

प्रधानमन्त्रीले चाहे पनि गठबन्धन बन्न सकेन, एमालेसँग तालमेल हुन्छ: राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा खासै प्रगति हुन नसकेको भन्दै एमालेसँग मिल्ने सम्भावना बढेको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै महतोले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे पनि सत्ता गठबन्धनमा जाने सम्भावना टर्दै गएको बताए ।

महतोले भने, ‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु ।’

उनले शीर्ष तहमा छलफल भइरहेको र चाँडै एउटा मोडालिटीमा सहमति हुन सक्ने बताए ।

महतोले विगतमा एमालेसँगको आफ्नो अघोषित तालमेल र यसपटकको सम्भावित तालमेलबारे यसो भने,

‘निर्वाचनमा को कहाँ मिल्छ, त्यो त भइरहन्छ नि ! निर्वाचनमा अहिले पाँच दलीय गठबन्धन मिलिरहेका छन् । अहिले हामीले कोसँग गठबन्धन बनाउने भनेर छलफल गरिरहेका छौं । एमालेसँग गठबन्धन हुने कुरा पनि भइरहेको छ । गठबन्धन हुँदा चुनावमा तालमेल हुँदा, गिभ एण्ड टेक हुँदाखेरी कसै न कसैलाई समर्थन भइरहेको हुन्छ । कसैको विरोध भइरहेको हुन्छ । कोही चुनाव हारिरहेको हुन्छ, कोही जितिरहेको हुन्छ । त्यो स्वाभाविक प्रक्रिया हो ।

अहिले पाँच दलीय गठबन्धनले कसैलाई जिताउला, हराउला । हामी एमालेसँग गयो भने कोही जित्छ, हार्छ वा एक्लै लड्यो भने पनि एक खालको परिणाम आउँछ । निर्वाचनमा त्यो भइरहन्छ । एमालेसँग भयो भने अहिले पनि उसको सपोर्ट पाउँछु । त्यतिवेला पनि एमालेको उम्मेदवार थियो । तर, एमालेले मलाई सहयोग गरेको थियो । त्यसवेला मधेस आन्दोलनको रापताप थियो । एमालेलाई दिनुभन्दा राम्रै हुन्छ भनेर एमालेलाई विगतमा भोट दिएका जनताले पनि मलाई मतदान गरे । कांग्रेसका जनताले पनि मलाई सपोर्ट गरेका थिए । मेरो पार्टी त्यहाँ त्यति बलियो थिएन । अनि निधिलाई हराएको हो । मैले हराएको होइन, जनताले हराएका हुन् ।’

– मंसिर ४ नजिकिँदैछ । लोसपाको कांग्रेस वा सत्ता गठबन्धनसँग तालमेल भएन भने एमालेसँग तालमेल हुने सम्भावना कति छ ?

हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु ।

– सत्ता गठबन्धनविरुद्ध एमालेसँग तालमेल गरेर लोसपा अगाडि जान तयार छ ?

विल्कुल विल्कुल ।

राजेन्द्र महतोसँग ३० वर्षे चुनावी यात्रा र अनुभवसहितको विस्तृत अन्तर्वार्ता नेपाल प्रेसमा केहीबेरमा प्रसारण हुनेछ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले चाहे पनि गठबन्धन बन्न सकेन, एमालेसँग तालमेल हुन्छ: राजेन्द्र महतो

  1. पाएसम्म गठबन्धन नपाए मात्र एमाले ? अनि यस्ताले एमालेसँग मिल्छौं भन्ने बितिक्कै हुन्छ भनिहाल्ने एमालेले ? यस्ता दुईजिब्रे अवसरवादीबाट एमाले टाढै रहोस् । बरू हार्न तयार हुनुपर्छ यस्ता इमान जमान नभएकासँग किन मिल्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर