‘टीबीसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न – Nepal Press

‘टीबीसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । द ब्रिटिस कलेजले हालै ‘टीबीसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य नयाँ ज्ञान आदानप्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान गर्नु रहेको थियो । यो वर्षको नारा ‘महिला उद्यमशीलता’ रहेको थियो ।

कलेज परिसरमा आयोजित ‘महिला उद्यम प्रवर्द्धनमा युवा र उदयीमान उद्यमी’ विषयक गोष्ठीमा प्यानल छलफल, किनोट, नेटवर्क सेसनलाई कलेजले होस्ट गरेको थियो ।

ब्रिटिस कलेजका सीईओ राजन कँडेलले रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाइले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए ।

प्यानल छलफल सेसनमा पूर्वमिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डर्माटोलोजिष्ट डा सृजना श्रेष्ठ, डिजाइनर सिवाङ्गी प्रधान, द व्युटीबारकी संस्थापक इत्छ्या कार्की रहेका थिए । प्यानल छलफललाई कलेजको पोस्ट ग्राजुयट बिजनेस र म्यानेजमेन्ट प्रोगामकी लिडर निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन् ।

ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक तथा सन् २०१५ को सीएनएन हिरो म्यागी डोयनले सामाजिक उद्यमशीलताबारे आफ्नो धारणा राखेकी थिइन् । उनले सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा जोड दिइन् ।

कलेजकी ईएमबीए स्टुडेन्ट इन्टरप्रेनर तथा राष्ट्रिय व्यवसायिक महत्वपूर्ण व्यक्ति अवार्ड प्राप्त सुनिता शेर्पाले आफ्नो उद्यम यात्राबारे बताएकी थिइन् । त्यस्तै कलेजकी बिजनेश स्कुल हेड सुनिता बस्नेतले महिलाहरुलाई व्यवसाय र सामाजिक उद्यमशीलतामा प्रोत्साहन र सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

यस्ता कार्यक्रमहरुमार्फत रचनात्मक परिवर्तनमा टेवा पुग्ने कलेजले विश्वास गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर