एन्फाले दियो ए डिभिजन लिगको पुरस्कार, मच्छिन्द्रको खातामा पुग्यो ५७ लाख ३५ हजार – Nepal Press

एन्फाले दियो ए डिभिजन लिगको पुरस्कार, मच्छिन्द्रको खातामा पुग्यो ५७ लाख ३५ हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघले शहिद स्मारक ए डिभिजन लिगको पुरस्कारबापतको रकम वितरण गरेको छ। एन्फाले क्लब, प्लेयर अफ दी म्याच र विभिन्न शीर्षकका सर्वोत्कृष्ट खेलाडीलाई पाउने रकम उपलब्ध गराएको जनाएको छ ।

एन्फाका अनुसार लिग विजेता मच्छिन्द्र क्लबले पुरस्कारबापतको ७५ लाख र प्लेयर अफ दी म्याचबापतको एक लाख १० हजार रुपैयाँ पाएको छ। त्यसमा १८ लाख ७५ हजार रुपैयाँ कर काटिएको एन्फाले जनाएको छ।

त्यसैगरी लिगको उपविजेता त्रिभुवन आर्मी क्लबले कर काटेर ३८ लाख ४० हजार रुपैयाँ पाएको छ। उप-विजेताबापतको ५० लाख र प्लेयर अफ दी म्याच बापतको ९० हजारमा १२ लाख ५० हजार रुपैयाँ कर काटेर रकम पठाइएको हो।

तेस्रो भएको न्युरोड टिम एनआरटीले पुरस्कारबापतको २५ लाख र प्लेयर अफ दी म्याचबापतको ७० हजार रुपैयाँमा कर काटेर १९ लाख ४५ हजार रुपैयाँ पाएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर