राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना – Nepal Press

राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।

मंगलबारदेखि सुरू भएको महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलमा घरेलु टिम नेपालले भुटानसँग खेलेको थियो । भुटानलाई ४-० गोलले हराएको थियो ।

नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ । नेपालले अब यसअघि नेपाल र भुटानको पहिलो खेल हेर्न मेयर साह र उपमेयर डंगोल रंगशाला पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर