नेपाली सेनामा ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्यो – Nepal Press

नेपाली सेनामा ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो ।सैन्य पदमा कुल ४ हजार जना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ८८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् ।
इच्छुक उम्मेदवारले देशका विभिन्न भर्ना केन्द्रबाट असोज २६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी असोज ३० गतेसम्म दरखास्त दिन दिन सकिनेछ।

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन्। उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *