सोमबार देशभरका हलहरु बन्द गर्ने चलचित्र संघको निर्णय – Nepal Press

सोमबार देशभरका हलहरु बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने निर्णय गरेको छ ।

चलचित्र आयातमा बाधा उत्पन्न गरेको र स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खाजेको तथा संघको मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेकाले भन्दै संघले हल बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत आज जानकारी सार्वजनिक गरेको हो ।

संघका संघका महासचिव नरेन्द्र महर्जनले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि शो उपलब्ध गराएका छैनन् । सिनेमा हलहरूले बिहीबार दिउँसोसम्म पनि शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।

चलचित्र जाँचपास गर्दा अनावश्यक दुःख दिने कार्यहरु भएकाले गर्दा संघका सदस्यहरुले आगामी दिनमा प्रदर्शनमा आउने कुनै पनि शोको अग्रिम बुकिङ नलिएको कुरा विज्ञप्तिमा उल्लेख छ । सदस्यहरुमाथि सोही प्रकारको अनर्गल आरोप, बाधा अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने कार्यसमिति बैठकको भनाइ छ ।

चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर