टिकटक बन्द गर्न माग गर्दै सडकमा युवा, मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र (भिडिओ) – Nepal Press

टिकटक बन्द गर्न माग गर्दै सडकमा युवा, मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र (भिडिओ)

जनकपुरधाम । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ ।

‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ‌‌।

कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

टिकटक बन्द गराउन युवाहरुले संघर्ष समिति नै बनाएको छ । समितिको केन्द्रीय संयोजक सुमन चौधरी छन् । उनले मधेसका जिल्लाहरुमा टिकटक बन्द संघर्ष समिति बनाएको छ ।

यसअघि समितिले विभिन्न जिल्लाका सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर टिकटक बन्द गर्न सरकारले चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर