झाँक्रीले भनिन्- गुल्मीबाटै लड्छु, एमालेलाई साइजमा नल्याएसम्म देश बन्दैन – Nepal Press

झाँक्रीले भनिन्- गुल्मीबाटै लड्छु, एमालेलाई साइजमा नल्याएसम्म देश बन्दैन

रुपन्देही । नेकपा एसकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले मुलुकको समस्या समाधान गर्न गठबन्धन बनेको र यसैबाट देशले निकास पाउने दाबी गरेकी छन् ।

नेकपा एमालेको अहंकारलाई परास्त गर्न यो गठबन्धन बनेको र अगामी निर्वाचनमा यसले आफ्नो तह निर्धारण गरेर एमालेलाई साइजमा ल्याउने उनको जिकिर थियो ।

बिहीबार बुटवलमा रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धनको जित अनिवार्य आवश्यकता रहेको बताइन् ।

झाँक्रीले राजनीतिक दलले मोलमोलाई गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार परेको उल्लेख गरिन् ।
आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीयस्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जतिपटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक-फरक कुरा गरेर जनतालाई झुक्याएको आरोप उनको छ । झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी मात्रै नहेरी व्यक्ति र जनतासँग जोडिएका एजेण्डालाई मत दिने बताइन् ।


प्रतिक्रिया

One thought on “झाँक्रीले भनिन्- गुल्मीबाटै लड्छु, एमालेलाई साइजमा नल्याएसम्म देश बन्दैन

  1. तिमीजस्ता भारतीय दलाल यो देशबाट नसकिएसम्म देशले श्वास फेर्न पाउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर