नेसनल लाइफको ‘इम्प्लोई स्किल इन्ह्यान्समेन्ट वर्कसप’ – Nepal Press

नेसनल लाइफको ‘इम्प्लोई स्किल इन्ह्यान्समेन्ट वर्कसप’

काठमाडौं । नेसनल लाइफ इन्स्योरेनस कम्पनीले  तीनदिने ‘इम्प्लोई स्किल इन्ह्यान्समेन्ट वर्कसप’ गरेको छ । पोखरामा आयोजित तीन दिने वर्कसप ‘एक्सेल एन्ड इलिभेट २०७९/०८०’ भन्ने नाराका साथ सम्पन्न गरेको हो । कम्पनीले आफ्ना प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यक लगानी गर्दै जाने बताएकी थिइन् । सम्मेलनमा विभागीय प्रमुखसहित देशैभरिबाट प्रशासनिक कर्मचारी गरी दुई सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको अहिलेको अवस्थामा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा कम्पनीलाई अग्रस्थानमा पु¥याउन मार्केटिङ कर्मचारीको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने बताए ।

यसका लागि सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा समितिबाट कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देशन प्राप्त भएअनुसार कार्यक्रम सञ्चालन गरिएको र आगामी वर्षमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने जानकारी गराए ।

कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बिमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायबाट भएका विस्तृत प्रयास सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सञ्चारकर्मी एवं मिस नेपाल ९२००५० सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् । नेपाल पुनर्बिमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमांकन प्रक्रियाको महत्वमा प्रकाश पारेका थिए । सम्मेलनमा उत्कृष्ट काम गर्ने पाँचजना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर