डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु – Nepal Press

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधवार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईँले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर