गठबन्धन कार्यदलले सिट बाँडफाँट लगभग टुंग्यायो, भोलि प्रतिवेदन बुझाउने – Nepal Press

गठबन्धन कार्यदलले सिट बाँडफाँट लगभग टुंग्यायो, भोलि प्रतिवेदन बुझाउने

काठमाडौं । सत्तारुढ गठबन्धनबिच चुनावमा सिट बाँडफाँडको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनलाई भोलि कार्यदलले अन्तिम रूप दिएर भोलि नै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

आज कार्यदलको बैठकपछि पत्रकारसँग बोल्दै उनले सिट बाँडफाँड करिब–करिब टुंगिएको जानकारी दिए ।

‘सिटसंख्या करिब करिब मिलेको छ । केही छलफल सकिएपछि औपचारिक जानकारी गराउनेछौँ,’ उनले भने ।

कार्कीका अनुसार भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने छ । त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ ।

गठबन्धनका एक नेताले भने अझै पनि सिट बाँडफाँड टुंगिनसकेको बताए ।

सबै दलहरूले सिटसंख्या भने घटाउँदै लगेको र सहमति उन्मुख बनेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “गठबन्धन कार्यदलले सिट बाँडफाँट लगभग टुंग्यायो, भोलि प्रतिवेदन बुझाउने

  1. सिट टुङ्गो लाग्गो, मन्त्री टुङ्गो लाग्यो, मन्त्री हेरफेर …… । देशको डेढ वर्ष यसरी नै बित्यो । गठबन्धनलाई जिताएमा अबको ५ वर्ष पनि यसरी नै बित्छ । विचार गरेर मात्र भोट हालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर