महिला साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेशको सुखद सुरुआत – Nepal Press

महिला साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेशको सुखद सुरुआत

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा माल्दिभ्सलाई ३–० गोलको नतिजामा पराजित गर्दै बंगलादेशले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन सविना खातुनले दुई र मासुर प्रविनाले एक गोल गरे ।

खेलको ३३औं मिनेटमा सविना खातुनले करिब ३० यार्ड परबाट गरेको प्रहारले सोझै गोलमा परिणत भएको थियो ।

त्यसको अर्को मिनेटमा मासुर प्राविनाले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । प्राविनाले माल्दिभियन डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।

सविनाले नै ४०औं मिनेटमा बंगलादेशको अग्रतालाई ३–० मा पुर्‍याइन् ।

मारिया मन्दाले बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा सविनाले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरिन् ।

जितसँगै समूह ‘ए’ बंगलादेशले तीन अंक जोडेको छ । यो समूहमा भारतले पनि तीन अंक जोडेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले नै पराजित गरेको छ । पहिलो खेलमा हार बेहोरेका पाकिस्तान र माल्दिभ्स अंकविहिन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर