प्रतिनिधिसभाका लागि माओवादीबाट सुनसरी-२ मा मदन चुडालसहित तीन जना सिफारिस – Nepal Press

प्रतिनिधिसभाका लागि माओवादीबाट सुनसरी-२ मा मदन चुडालसहित तीन जना सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि सुनसरी २ बाट मदन चुडालसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

बुधबार चुडालकाे नाम प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ नाम सिफारिस भएको हाे ।

चुडाल माओवादी इटहरी उपमहानगरपालिकाका इञ्चार्ज हुन् । उनी यसअघि माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष थिए ।

चुडाल सगरमाथा आरोही पनि हुन् । उनले २०६८ साल जेठ १४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँगै सगरमाथाको सफल आरोहण गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर