रणवीर र आलियालाई मन्दिर प्रवेशमा रोक ! – Nepal Press

रणवीर र आलियालाई मन्दिर प्रवेशमा रोक !

काठमाडौं । बलिउडका चर्चित सुपरस्टार जोडी रणवीर कपूर र आलिया भट्टलाई उज्जेनको एक मन्दिरमा प्रवेश गर्नबाट रोक लगाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर र आलिया मंगलबार बेलुका उक्त मन्दिरमा दर्शन गर्न पुगेका थिए । सो क्रममा बजरंग दलका सदस्यहरुले नाराबाजी गर्दै उनीहरुलाई मन्दिर प्रवेश गर्नबाट रोक लगाएका हुन् ।

उनीहरु फिल्म ब्रह्मास्त्र रिलिज हुनुपूर्व भगवानको दर्शन गर्न गएका थिए । सोही क्रममा बजरंग दलका सदस्यहरुले जय श्री रामको नारा लगाउँदै उनीहरुलाई मन्दिर प्रवेश गर्नबाट रोकेका थिए ।

सो क्रममा प्रहरीले भीडलाई तितरबितर बनाउन लाठीचार्जसमेत गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बजरंग दलका सदस्यहरुले रणवीर र आलियाको आगामी फ्लिम ब्रह्मास्त्रलाई पनि बहिष्कार गर्नुपर्ने माग राखेका थिए । रणवीरले केही वर्ष अगाडि दिएको एक अन्तर्वार्तामा आफूलाई गाईको मासु मन पर्ने बताएका कारण उनीसँगै आलियालाई मन्दिर प्रवेश गर्नबाट रोक लगाइएको बताइएको छ ।

‘रणवीर कपूरले आफूलाई मटन, कुखुरा र गाईको मासु खान मनपर्छ भनेको कारण हामीले उनलाई पवित्र महाकालेश्वर मन्दिरको दर्शन गर्न नदिएका हौं’, एकजना प्रदर्शनकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम जागरणले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर