दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने – Nepal Press

दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने

नारायणघाटदेखि काठमाडौं ६ दिन अन्य गाडी चल्न नपाउने

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ ।

दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । कोरोना कालमा भने टिकट बुकिङ खुलेको थिएन ।

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने, कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने । यसका लागि यात्रुलाई खाना÷खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्ने छ ।

यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारी साधनहरु मिति २०७९÷आश्विन १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर