‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मुगुबाट कांग्रेसको समानुपातिक सूचीमा – Nepal Press

‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मुगुबाट कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौं । ‘चिसो वर्ष’को सुटिङको तयारीमा रहेका मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन् ।

पिछडिएको खस आर्य तर्फबाट सिफारिस भएका भाम ०५० सालदेखि नै राजनीतिमा सक्रिय थिए ।

०५० देखि ०५३ सम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम ०५४ देखि ०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए ।

‘चिसो वर्ष फिल्म निर्माणको तयारीमा रहेका भाम ‘कालो पोथी’ फिल्मका कारण चर्चित छन् । ‘कालोपोथी’ले भेनिस फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

०७७–०७८ सालमा कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय समिति सदस्य भनेका भाम विगत केही दिनदेखि मुगुमै थिए ।

जिल्लाको आन्तरिक राजनीतिमा सक्रिय भएका भाम अन्ततः समानुपातिक सिफारिसमा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर