लिट्मस केबलको ‘वाइरिङ दमदार, घर सानदार’ अफर – Nepal Press

लिट्मस केबलको ‘वाइरिङ दमदार, घर सानदार’ अफर

काठमाडौं । नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ स्किम ल्याएको छ ।

यो योजनाअन्तर्गत पाँचजना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल कम्पनीको बेवसाइटमा पठाउनु पर्नेछ ।

कात्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।

विजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछ । यो योजन २० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुनेछ ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनीले एड्भान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर