उपमेयर सुनिताको १०० दिने श्वेतपत्र- यस्ता छन् सकिएका र थालिएका २५ कामको फेहरिस्त – Nepal Press

उपमेयर सुनिताको १०० दिने श्वेतपत्र- यस्ता छन् सकिएका र थालिएका २५ कामको फेहरिस्त

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा लगाएको, वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।

सयको काममा उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँवासीसँगसँगै रहेर महानगरका समस्याक ाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताइन् ।

उनले फोहोर व्यवस्थापनका लागि सकारात्मकपहल सुरु गरेको कुरालाई पनिश्वेतपत्रमाउल्लेख गरेकी छन् । ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्षउपस्थितिमानुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थितिबुझ्ने लगायतका काम भएका छन्,’ उनले भनिन्,’ ‘पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिनफोहोर व्यवस्थापनकालागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिनफाहोर व्यवस्थापनकालागिआवश्यककार्यहरु अघि बढाएका छौँ ।’

डंगोलले मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास नगर्ने भन्दै काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपनाहुनुपर्नेमा जोड दिइन् ।

‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ उनले भनिन् ,’ ‘हामीले १ सयदिनमा के गर्‍याे भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।’

उपमेयर डंगाेलले् आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएपनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरकी छन् ।उनले जस–अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनु पर्नेमा पनि जोड दिइन् ।

श्वेतपत्रको पूर्णपाठ
पदभार ग्रहणका १सयदिन र मेरो श्वेतपत्र

–सुनिता डंगोल,
उपप्रमुख, काठमाडौंमहानगरपालिका

नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमानिर्वाचितभएर कार्यभार सम्हालेको१ सयदिनपूरा भएको छ ।
सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापनाभएसँगैको स्थानीयतहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन रसकारात्मकसुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सवैलाई हार्दिक धन्यवादपनिदिन चाहन्छु ।
मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिन ।काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपनाहो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के गर्््र्यौ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।
म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुखपदमानिर्वाचितभएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझाजनप्रतिनिधिको हैसियतमाकामगरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।
धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरुअहिले काठमाडौँ महानगरमा छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशीलोकतन्त्रमाविश्वास गर्ने भएकाले आत्मगतभन्दापनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केहीसकारात्मककामकोथालनीगरी काठमाडौँ महानगरवासीमाआशाको बत्तीबाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भवभएको भने अवश्यहोइन । काठमाडौँमहानगरपालिकाकाप्रमुखज्यु, वडाका अध्यक्षतथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाकाकर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केहीनयाँ गरौँ, केहीनयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफलहो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मकथालनीको संकेत दिने दिशातर्फ उन्मुखभएका छौँ तर, यो पूर्ण भनेहोइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँगचुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमापुग्नुपर्ने छ । त्यसैले अहिले नै हामीहतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।
हामीनीतितथाकार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मककामको थालनी र अघि बढाइएका योजनाकाबारेमा सामान्यचर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीतितथाकार्यक्रम र बजेटको सामान्यचर्चा गर्न चाहन्छु । काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमुखज्यूले ‘साँस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथविभिन्न महत्वपूर्ण नीतितथाकार्यक्रमहरु २०७९÷०३÷०५ गते पेश गर्नुभएको थियो । त्यस्तै मिति२०७९÷०३÷१० गते म आफैँले आर्थिक वर्ष ०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकीथिएँ ।
बजेट, नीतितथाकार्यक्रममापनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिकनगरका रूपमाथपविकास गर्ने उदेश्यलाई समावेश गरिएको छ । बजेट, नीतितथाकार्यक्रमकाबारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिकनगरका रूपमाथपविकास गर्ने मेरो चुनावीएजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।
मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीनतीनप्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकीथिएँ । जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिकनगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथगर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँपनिव्यक्त गर्न चाहन्छु । मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायातव्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिकनगर, सामाजिकविकास, डिजिटल काठमाडौं लगायतकाविषय समेटेकीथिएँ । नीतितथाकार्यक्रम र बजेटमा लगभगयी सबै विषयहरुलाई समावेश गरेका छौँ जुनकार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीतितथाकार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णतादिने मेरो पहिलो प्रयास रहने छ । यसकालागि सबैको सकारात्मक सहयोगको अपेक्षापनि गरेकी छु ।
यतिउल्लेख गरेपछि १ सय दिनमाहामीले गरेका केही सकारात्मककाम र थालनी गरेका योजनाहरुकाबारेमा केहीजानकारी दिनु उपयुक्तहोलाभन्ने हेतूले संक्षिप्त र बुँदागत रुपमा प्रस्तुत गरेकी छु ।
मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्नभइसकेका र थालनी गरेका केही सकारात्मककार्यहरुः

१)पूरानो २४४ वटा विवादमान्यायिक सुनुवाई भएकोे र५१ वटा विवादको किनारा
नेपालको संविधानको भाग १७धारा २१७बमोजिमप्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिकादुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीयविवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ ।संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशीभएका मुद्धामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्रगतहालसम्मपुरानो २४४ वटा विवादमान्यायिक सुनुवाई गरी५१ वटा विवादकिनारा लागेको छ ।

२)फोहोर व्यवस्थापनकालागि सकारात्मकपहल
महानगर प्रमुखसहित मेरो प्रत्यक्षउपस्थितिमानुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थितिबुझ्ने लगायतकाकामभएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिनफोहोर व्यवस्थापनकालागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिनफाहोर व्यवस्थापनकालागिआवश्यककार्यहरु अघि बढाएका छौँ ।

३) वडास्तरीय महिला सेल गठन
पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यककानुनी सहयोग तथा समस्या समाधानगर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकीथिएँ । सोहीबमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलातथाबालबालिकाहरुकालागिआवश्यकसहयोग गर्नेछ ।
४) सयदिनमहानगरवासी सँगसँगै
विभिन्नसंघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममासहभागी भै महानगरवासीसँगप्रत्यक्षअन्तरक्रिया गरी सुझावलिने, समस्याबुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभयो । त्यसैले समस्याको समाधानकालागिआवश्यकनिर्देशनदिने कार्य गरिएको छ ।
५) आर्थिक वर्ष ०७९÷८० का लागिनीतितथाकार्यक्रमको प्रस्तावतयार
म संयोजक रहेको बजेट तथाकार्यक्रमतर्जुमा समितिले छोटो समयमाआर्थिक वर्ष ०७९÷८० लागिनीतितथाकार्यक्रमको प्रस्तावतयार गर्ने, बजेट तथाकार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथाकार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमागहन छलफल तथाविश्लेषण गरी योजनातथाकार्यक्रमा दोहोरोपनानपर्ने गरी आपसीतादम्यतातथा परिपुरकताकायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकतापहिचान गरिए वमोजिमको बजेटतथाकार्यक्रमतर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हालकार्यान्वयनमाआइसकेको अवस्था छ ।
६) मेलमिलापकर्ता छनौट प्रक्रिया
विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउनपदवहालीकै दिनदोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताहरुको सूचितयार गर्न सूचनाप्रकाशनभई प्राप्तआवेदनबाट ७७जना मेलमिलापकर्ताको सूचिकार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिनाविवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थपप्रभावकारी बनाउने जस्ता कुरालाई पनिप्राथमिकताका साथ अघि बढाएका छौँ ।
७) मानवबेचबिखनओसारपसार नियन्त्रणको प्रयास
मानवबेचबिखनओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखनओसारपसार नियन्त्रण कार्यविधि२०७८ को नियमानुसार वडा नं. ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनिआवश्यकव्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।
८) शिक्षाक्षेत्रमा सुधार
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखीविद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्तशौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिलाशिक्षकको कक्षाव्यवस्थापनको लागि सट्टा कक्षाव्यवस्थापनलगायतकाकार्यक्रमहरु अघि सारिएको छ ।
९)इन्द्रजात्रालाई राष्ट्रिय तथाअन्तर्राष्ट्रियकरण
नेपालको ऐतिहासिकतथा सांस्कृतिकमहत्वको पर्वलाई अन्तर्राष्ट्रियकरणगर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितकोपहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थितबनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीकालागिइन्द्रजात्राव्यवस्थापन समितिलगायतविभिन्नगुथिहरुसँग नियमित रुपमा बैठकहरु बसीतीव्र गतिमातयारी गर्दैैं आएका छौं ।
१०)नेपालभाषाको डिजिटल शव्दकोष निर्माणकार्य
स्थानीयभाषाको अध्ययन–अध्यापनलाई निरन्तरतादिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्रीतयार पार्ने क्रममा रहेकोछ ।
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमनकार्यलाई प्राथमिकता
कार्यविधि २०७९÷०३÷१० मितिमाकार्यपालिका बैठकबाट गठन भएको योजनातथाअनुगमन समितिको संयोजक रही सम्पदातथा पर्यटन विभागमातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणकालागि छनौट भएका १० वटा योजनामध्ये १० वटाकै अनुगमन सम्पन्नभएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरतादिइएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मकप्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्नेलगायतकाकामपनि यो विचमाभएका छन् ।
१२)राजश्व परामर्श समितिको गठन र कार्यान्वयन
राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धिनीतितर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिकामार्फत नगरसभामा पेश गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवाशुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्वप्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतकाव्यवस्था यसै समितिमार्फत नगरसभामा पेश गरी स्वीकृत भएवमोजिमकान्यान्वयनमाआइसकेको छ ।
१३)पारस्परिक र कूटनीतिक सम्बन्धविस्तार
काठमाडौँमहानगरको दीगो विकासकालागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्नमुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशनलगायतकाप्रतिनिधिसँग छलफल गरी अनुभवआदन–प्रदान गर्ने, पारस्परिक सम्बन्धविस्तार गर्ने कार्यकोथालनी गरिएको छ ।
१४) अपाङ्गता परिचयपत्रवितरण
काठमाडौ महानगरपालिका सामाजिक सेवाविभागअन्र्तरगत मेरो नेतृत्वमाअपाङ्गताभएकानागरिकको परिचयपत्रवितरण गर्ने कार्य भएको छ ।जसमध्ये केहीआवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएरउक्त परिचयपत्रवितरण गरिएको छ । शारीरिक अपाङ्गताभएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गताभएका, दृष्टिविहिन, बहिरा, अटिज्मलगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्रवितरण गरिएको छ ।
१५) सहरी व्यवस्थापन
महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथाकार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएकाकानुन, विभिन्न तहबाट भएका निर्णय समेतकाआधारमा महानगर प्रमुखको नेतृत्वमामहानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमाअनधिकृत संरचनाहटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने,बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनकाकार्यहरुमाउल्लेख्य नतिजाप्राप्तभएको छ ।
थालनी गरिएकाकेहीयोजनाहरुः
१)दरबार हाइस्कूल र कन्या मा.विलाई राष्ट्रियस्तरको नमूनाविद्यालयको रुपमाविकास गर्ने जस्ता कार्यक्रमपनिअघि बढाइएको छ ।
२) घरजग्गाबहालमालिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकतादिनबहालव्यवस्थाकार्यविधितर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ ।
३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ ।
४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागिप्रयासहरु थालनी गरिएको छ ।
५) सूचनाप्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।
६)न्यायिक समितिको अनुभवआदान–प्रदान गर्ने र असलतथा सफलअभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ ।
७)अनुगमन, सुपरीवेक्षण तथामूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजनाकार्यान्वयनको चरणमा रहेको छ ।
८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजनातथाकार्यक्रमको प्राथमिकताअनुकुलबनाउनेतर्फ कारवाही अघि बढाएको छ ।
९)उपभोक्ताहित, संरक्षण तथामानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखीनीतितथा योजनातर्जुमा गरिएको छ ।
१०)महानगरपालिकाको योजनाबद्ध र दिगो विकासकालागि यसै आर्थिक वर्ष भित्रआवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमाल्याउनमहानगरपालिकाले आवश्यककार्य अघि बढाइसकेको छ ।

माथिउल्लेखितकार्यहरु १ सयदिनभित्रै सम्पन गरिएका, थालनीभएकासंक्षिप्तविषयहरु हुन् । यस बाहेक पनिअनगिन्तीविषयहरुमाउपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायीभूमिकानिर्वाह गर्नुपर्ने हुनसक्दछ । त्यसकालागिआममहानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउनहामी सबै जनप्रतिनिधितथाकर्मचारीहरुको कर्तव्य हुनेछ । आगामीदिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्षवाअप्रत्यक्ष समन्वयमाकार्य हुने कुरामाविश्वस्त र प्रतिवद्ध छु ।
धन्यवाद।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर