दाङको सुपर लघुवित्त राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा – Nepal Press

दाङको सुपर लघुवित्त राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

रुपन्देही । नेपाल राष्ट्र बैंकले दाङको तुल्सीपुरस्थित सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । ०७८ असोज मसान्तसम्मको वित्तीय विवरणलाई आधार बनाएर गरिएको स्थलगत निरीक्षणपछि बैंकले यस्तो घोषणा गरेको हो ।

निरीक्षणका क्रममा संचालक समिति अधयक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने काममा संलग्न भएको भेटिएको राष्ट्र बैंकको लघुवित्र संस्था सुपरिवेक्षण विभागले जनाएको छ ।

राष्ट्र बैंकले यो संस्थाको प्राथमिक पुँजी कोष अनुपात १० दशमलब ३१ प्रतिशतले ऋणात्मक भएको पाएपछि ०७८ चैत २ मा बैक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक प्रणाली अन्र्तगत समस्याग्रस्त गर्नुनपर्ने कारण माग गरेकोमा संस्थाले दिएको विवरण सन्तोषजनक नपाइएकोले यस्तो घोषणा गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर