धनुषामा दुई किशोरी मृत फेला – Nepal Press

धनुषामा दुई किशोरी मृत फेला

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ६ स्थित खेतमा दुई किशोरी मृत फेला परेकी छन् ।

मंगलवार दिउँसो गाउँलेले खेत जाने क्रममा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरा गरी दुवै युवतीको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

प्रहरीका अनुसार नगराईन नगरपालिका ७ का दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत, मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थित हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्री भन्छन्, ‘घटनाको प्रकृति हेर्दा न हत्या भएको देखिन्छ, न बलात्कार । उनीहरु विष सेवन गरेर आत्महत्या गरेको अनुमान छ । तर पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न सकिदैन ।’

घटनापछि मृतक दुवै किशोरीको अभिभावकसँग प्रहरीले सोधपुछ गरेका छन् । तर अभिभावकले मृत्युको कारण आफैलाई थाहा नभएको वयान दिएको एक प्रहरी अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर