च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो – Nepal Press

च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर