यसरी ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरु/भिडिओ) – Nepal Press

यसरी ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरु/भिडिओ)

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । आज बिहान ७ बजेर १७ मिनेटको साइतमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन शुक्रबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । शनिबार २५ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

भदौ २९ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति ७ बजेर ३३ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *