सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी – Nepal Press

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीमा जाहेरी परेको छ । काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले मंगलबार लामिछानेविरुद्ध जाहेरी परेको बताए।

एक किशोरीले सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए। सन्दीप हाल क्यारेबियन प्रिमियिर लिग क्रिकेट खेल्न विदेशमा छन्।

एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त हालेकी हुन् । लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका बिभिन्न स्थानहरुमा घुमाएर काठमाडौंको एक होटलको कोठामा ल्याइ ६ गते जबर्जस्ती सम्बन्ध राखेको उनको दावी छ ।

प्रहरीदले जाहेरी दर्ता गरी किशोरीको एकद्वार संकट ब्यवस्थापन केन्द्रमा बिस्तृत स्वास्थ्य परीक्षण गराइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाणडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

 


प्रतिक्रिया

One thought on “सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी

  1. जत्ताततै बलत्कार जताततै बलत्कारी !!
    देशै बलात्‍कृत भएको छ १३५ जनाको बिदेशी पिपासु भरियाहरुबाट सामुहिक बलत्कार !!
    बलत्कार भएँ, बच्चाउ भन्दै नेपाल आमा चित्कारीदै रुँदा पनि पटक पटक बलात्‍कृत भएकी छन !! बलत्कारीहरु आमाको छात्तिमा खुल्लेआम सलामी खान्छन, तक्मा पाउछन, परेड खेल्छन … !!
    यस्ता बच्चिहरुको छैन जीवन !! ती मात्र पिपासुको नसा दृष्‍टि र प्यासका सिकार !!
    यस्तो मुक्काको जरुरत छ, तिनका दाह्रा, नङ्रा र थोपदा कच्याक कुचुक बनाउने !! सबल बन छोरीहरु ‘ भुन्टी’ जस्तै 🙏🏻🙏🏻

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर