चलचित्रको व्यापारबारे गलत रिपोर्टिङ गरेको भन्दै सुदर्शन थापाले पत्रकारलाई दिए कानको जाली फुटाउने धम्की – Nepal Press

चलचित्रको व्यापारबारे गलत रिपोर्टिङ गरेको भन्दै सुदर्शन थापाले पत्रकारलाई दिए कानको जाली फुटाउने धम्की

काठमाडौं । निर्देशन सुदर्शन थापाले आफ्नो चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै एक फिल्म पत्रकारलाई गालीगलौज गरेका छन् । नौलोन्यूज डटकम नाम अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर गाली गरेका हुन् ।

थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै सो अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएको थियो । उक्त समाचारमाथि आपत्ति जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार थापाले उनलाई ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए । हलबाट दर्शक निस्किसकेपछि फोटो खिचेर भ्रम फैलाउन खोजेको उनको आरोप छ । श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर