एमालेका अधिकांश पदाधिकारी सर्वसम्मत, यी हुन् प्रतिनिधिसभाका एकल सिफारिस उम्मेदवार (सूचीसहित) – Nepal Press

एमालेका अधिकांश पदाधिकारी सर्वसम्मत, यी हुन् प्रतिनिधिसभाका एकल सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं । कम्तिमा सात दलीय गठबन्धनको एक्लै सामना गर्ने चुनौतीबीच नेकपा एमालेले तल्ला कमिटीबाट उम्मेदवारहरुको नाम सिफारिस गरिरहेको छ । प्रतिनिधिसभाका १६५ सीटका अधिकांश निर्वाचन क्षेत्रमा सिफारिस जारी रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारी आआफ्नो क्षेत्रबाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन् ।

त्यस्तै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्माको पनि एकल नाम सिफारिस भइसकेको छ ।

पार्टीका पदाधिकारीसहित सोमबार साँझसम्म ५१ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएको छ । एकल सिफारिस भएका नेता अपवादबाहेक अन्तिममा उम्मेदवार उनै हुने प्रष्ट छ । एमालेले भदौ २२ गतेभित्र उम्मेवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरुलाई निर्देशन दिइसकेको छ ।

हालसम्म सर्वसम्मत एकल नाम सिफारिस भएका जिल्ला, क्षेत्र र उम्मेदवारहरु यसप्रकार छन्ः

प्रदेश १

१) केपी शर्मा ओली – झापा ५

२) रविन कोइराला – झापा १

३) वसन्तकुमार नेम्वाङ – पाँचथर

४) महेश बस्नेत – इलाम १

५) सुवास नेम्वाङ – इलाम २

६) ऋषिकेश पोखरेल – मोरङ २

७) भानुभक्त ढकाल – मोरङ ३

८) विनोद ढकाल – मोरङ ४

९) योगी मण्डल – मोरङ ५

१०) जयकुमार राई – सुनसरी १

११) भगवती चौधरी – सुनसरी ३

१२) एलपी साँवा लिम्बु – झापा ४

१३) मानवीर राई – साेलुखुम्बु

मधेस प्रदेश

१) जुलीकुमारी महतो – धनुषा ३

२) रघुवीर महासेठ – धनुषा ४

३) अजय गुप्ता – रौतहट १

४) प्रभु साह – रौतहट ३

५) बलवीर चौधरी – बारा २

६) देवनारायण चौधरी – बारा ४

७) लिलानाथ श्रेष्ठ – सिराहा

८) राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश

१) गोकुल बाँस्कोटा – काभ्रे २

२) नवराज सिलवाल – ललितपुर १

३) प्रेम महर्जन – ललितपुर २

४) मणिराम फुयाल – काठमाडौं २

५) कृष्ण राई – काठमाडौं ३

६) डा.राजन भट्टराई – काठमाडौं ४

७) ईश्वर पोखरेल – काठमाडौं ५

८) राजेश शाक्य – काठमाडौं ८

९) रामप्रसाद न्यौपाने – चितवन ३

१०) महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश

१) एकबहादुर राना – तनहुँ १

२) तिलक महत – नवलपुर २

३) हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश

१) छविलाल विश्वकर्मा – रुपन्देही १

२) विष्णु पौडेल – रुपन्देही २

३) खिमलाल भट्टराई – रुपन्देही ५

४) ठाकुर गैरे – पाल्पा २

५) प्रदीप ज्ञवाली – गुल्मी १

६) शंकर पोखरेल – दाङ २

७) टोपबहादुर रायमाझी – अर्घाखाँची

८) सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश

१) नागिन्द्र शाही – कालीकोट

२) दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश

१) लेखराज भट्ट – कैलाली ४

२) नारदमुनि राना – कैलाली ५

३) डा.भीम रावल – अछाम १

४) यज्ञ बोगटी – अछाम २

५) दामोदर भण्डारी – बैतडी

६) गणेशसिंह ठगुन्ना – दार्चुला

७) पठानसिंह बोहोरा – डडेलधुरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर