रोहित मेरो प्रेमी होइनन्, झुटा समाचारले मैले घरमा धेरै गाली खाएँ : त्रिशला गुरुङ – Nepal Press

रोहित मेरो प्रेमी होइनन्, झुटा समाचारले मैले घरमा धेरै गाली खाएँ : त्रिशला गुरुङ

काठमाडौं । गायिका डा. त्रिशला गुरुङले आफ्नोबारे आएका अफेयरका समाचारहरु झुटो भएको दाबी गरेकी छन् । त्रिशलाले आइतबार प्रेमील स्टाट्ससहित आफ्नो र रोहित शााक्यको जोडी फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । पोष्ट भएको केही समयदेखि नै उनले प्रेमी सार्वजनिक गरेको भन्दै समाचार बन्न थाले ।

सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यसबारे स्पष्टिकरण दिएकी छन् । उक्त कार्यक्रममा उनले आफ्नाबारे आएका सबै समाचारहरु झुटो भएको र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्यिाएको बताएकी छन् ।

उनी भन्छिन्, ‘यो सब जे पायो त्यहीँ समाचार हो । रोहित मेरो प्रेमी होइनन् । पोष्ट मलोनको ‘अ ह्यापियर सङ्ग’ बोलको गीत त प्राय सबैले सुन्नु नै भएको होला । फ्रेन्डसीपवाला गीत हो त्यो । एउटा शो थियो त्यसैले मिल्ने साथीको नाताले फोटो खिचेर पोष्ट गरेको हुँ । मैले मेरो स्टाटसमा सोही गीतको लिरिक्स लेखेको हो । तर सबैले रिलेसनसिपको समाचार बनाइदिनुभयो । प्रेमसम्बन्ध भन्ने नाम दिनुभयो । यही समाचारको कारणले मैले घरमा धेरै गाली खाएँ । गाली खाएकाले गर्दा अहिलेको कार्यक्रममा समेत म ढिला आइपुगेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर