एमाले प्यूठानबाट संघमा सूर्य थापा, प्रदेशमा शर्मा र रिजाल एकल सिफारिस – Nepal Press

एमाले प्यूठानबाट संघमा सूर्य थापा, प्रदेशमा शर्मा र रिजाल एकल सिफारिस

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस भएका छन् । साथै, प्रदेशका दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएका छन् ।

थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । सोमबार बसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिव माधव पौडेलले जानकारी दिए । पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए ।

सचिव पौडेलका अनुसार प्यूठानको प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विकास मन्त्रीसमेत बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर