मेयरमा हारेका गेहेन्द्र गिरि संघमा र भुपबहादुर प्रदेशको समानुपातिकमा सिफारिस – Nepal Press

मेयरमा हारेका गेहेन्द्र गिरि संघमा र भुपबहादुर प्रदेशको समानुपातिकमा सिफारिस

दाङ । दाङको कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरि दाङ क्षेत्र नम्बर ३ को समानुपातिक सांसदको लागि सिफारिस भएका छन् ।

आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले समानुपातिक तर्फ गिरिको नाम सिफारिस गरेको हो ।

यस्तै भुपबहादुर डाँगी दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सांसदका लागि समानुपातिक सांसदका लागि सिफारिस भएका छन् ।

प्रदेश कार्य समितिको बैठकले डागँीको नाम समानुपातिकमा सिफारिस गरेको कांग्रेस दाङका सभापती शंकर डाँगीले बताए । उनी सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् ।

जिल्ला कार्य समितिले उम्मेदवार सिफारिस भएका सबैको नाम सिफारिस गरेर प्रदेश कार्य समितिमा पठाएको छ ।

गिरिले स्थानीय तहको चुनावमा कांग्रेसबाट २ पटक तुलसीपुर उपमहानगरको मेयरमा चुनाव लडे, तर, सफल हुन सकेनन । त्यस्तै डाँगी पनि घोराहीको मेयरमा एक पटक र सत्तारुढ गठबन्धनबाट उपमेयरमा चुनाव लडे, तर, चुनाव जित्न सकेनन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर