गठबन्धन कार्यदलको बैठक बस्दै, दुई दिनभित्र सीट बाडँफाँट टुंगो लगाउने तयारी – Nepal Press

गठबन्धन कार्यदलको बैठक बस्दै, दुई दिनभित्र सीट बाडँफाँट टुंगो लगाउने तयारी

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि २ दिन भित्र सीट बाडँफाँट टुंगो लगाउने तयारी भइरहेको स‌ंचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

आज र भोलि कार्यदलको बैठक बसेर प्रतिवेदन बनाउने र कार्यदलले दुई दिनभित्र सबै टुंग्याएर शीर्ष नेतृत्व समक्ष पेस गर्ने कार्कीले बताए ।शीर्ष तहको बैठक पर्सि बुधबार बस्ने भएको छ। यसअघि  हिजाे बसेकाे गठबन्धन कार्यदलको बैठक ठाेस निर्णय लिन सकेकाे थिएन ।

कार्कीले सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको पनि कार्यदलले टुंगो लगाउने उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर