मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमति – Nepal Press

मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमति

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला प्रशासन कार्यालयले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारीले थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएका हुन् । चर्को विरोधबीच स्थानीय प्रशासनले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामा राख्न अनुमति दिएको हो ।

सुरक्षागार्डले लाइनमा बस्नुस् भन्दा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उल्टै थुनाएको भन्दै उनको आलोचना भइरहेको छ । प्रहरीले अभद्र व्यवहार कसुरमा गुरुङलाई थुनामा राखेको जनाएको छ ।


प्रतिक्रिया

One thought on “मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमति

  1. धिक्कार छ हाम्रो मन्त्रि, सिडिअो र कानुनलाई, लाइनमा बस भन्दा इमानदार कर्मचारी थुनामा बस्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *