एमालेबाट पाल्पा-२ मा ठाकुर एकल सिफारिस – Nepal Press

एमालेबाट पाल्पा-२ मा ठाकुर एकल सिफारिस

रुपन्देही । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा नेकपा एमालेले एकल नाम सिफारिस गरेको छ । पाल्पा १ का लागि नारायणप्रसाद आचार्य, युवराज खनाल, शिब अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र बिष्णु जिसी गरी ८ जनाको नाम सिफारिस भएको एमालेका प्रदेश सांसद नारायणप्रसाद आचार्यले बताए । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका आचार्य यसअघिको प्रदेशसभामा पाल्पा क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

एमाले पाल्पाको निर्वतमान जिल्ला अध्यक्षसमेत रहेका आचार्यले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्रको केही पालिकामा कांग्रेसको गढ भत्काएर एमालेका उम्मेद्वारलाई जिताएका थिए । गत निर्वाचनमा यहाँबाट एमालेका दलबहादुर राना विजयी भएका थिए ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ठाकुर गैरे एकल सिफारिसमा परेका छन् ।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा गैरेलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार यो निर्णय अब जिल्ला कमिटीको बैठकमा पेस हुनेछ ।

विद्यार्थी संगठन अनेरास्वियूबाट पार्टीको राजनीतिमा होमिएका गैरै अनेरास्ववियूका पूर्वअध्यक्ष हुन् । पाल्पाको साविक बराङदी गाविस अहिले बगनासकाली गाउँपालिका ८ बराङदीमा घर भएका गैरैले विद्यार्थी राजनीति पाल्पाबाटै सुरु गरेका थिए । हाल पाटी राजनीतिमा उनी नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा एमालेबाट सोमप्रसाद पाण्डेले जितेका थिए । पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा छन् । उनी समाजवादीबाट नै क्षेत्र नं २ मा सिफारिस भैसकेका छन् । अब पाल्पामा गैरै र पाण्डे बीच चुनावी प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर