उदयपुर बेलकामा एकैपरिवारका तीनजनाको हत्याआरोपी सार्वजनिक (भिडिओ) – Nepal Press

उदयपुर बेलकामा एकैपरिवारका तीनजनाको हत्याआरोपी सार्वजनिक (भिडिओ)

उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै बेलका नगरपालिका-७ गोवाटार मैनामैनीमा ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

शुक्रबार स्थानीय बबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव विभत्स ढंगले हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

तीनैजनामाथि धारिलो हतियार प्रयोग गरिएको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका नरबहादुरले राजकुमारसहित श्रीमती र छोरालाई खोलाको धान खेतनजिक खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

बिहान साढे ११ बजे भएको घटना एकान्त ठाउँमा भएकाले दिउँसो ३ बजे मात्र जानकारी पाएको उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

हत्याआरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर