एनआईसी एशिया बैंकको अफरः चाडपर्वमा निःशुल्क रेमिटेन्स पठाउने सकिने – Nepal Press

एनआईसी एशिया बैंकको अफरः चाडपर्वमा निःशुल्क रेमिटेन्स पठाउने सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले भाद्र १५ देखि कार्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकले एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।

यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ एपभित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण नाम, मोबाइल नम्बर एवं ठेगाना उल्लेख गरी रेमिटेन्स पठाउनुको उद्देश्य छनेट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर