एमाले राष्ट्रियसभा संसदीय दलका नेता भट्टराई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस – Nepal Press

एमाले राष्ट्रियसभा संसदीय दलका नेता भट्टराई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस

रुपन्देही । राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेता एवं पोलिब्युरो सदस्य खिमलाल भट्टराई रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि पार्टीबाट एकल सिफारिसमा परेका छन् ।

लामो समयदेखि कांग्रेस नेता भरत शाहले जित्दै आएको सो क्षेत्रमा भट्टराईले राष्ट्रियसभा छाडेर आउन तयार भएपछि पार्टीको क्षेत्रीय कमिटी बैठकले उनको नाम एकल रूपमा सिफारिस गरेको हो ।

स्थानीय तहको निर्वाचनमा विगतमा खस्किएको ठाउँमा एमालेको वर्चस्व कायम गरेको भन्दै उनलाई सो क्षेत्रमा निर्वाचन लड्न कार्यकर्ताले आग्रह गरेका थिए ।

गत निर्वाचनमा एमाले माओवादीको गठबन्धन भएर चुनावमा जाँदा पनि कांग्रेस नेता भरत शाहले माओवादी नेता डिलाराम आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । यहाँबाट कांग्रेस नेता शाह एकलरूपमा उम्मेदार सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर