विश्वको ५औं ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत – Nepal Press

विश्वको ५औं ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत

काठमाडौं । भारत विश्वको ५औं ठूलो अर्थतन्त्र भएको देश बनेको छ । भारतले बेलायतलाई पनि उछिनेको छ ।

उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्षपछि बेलायतको भन्दा ठूलो अर्थतन्त्र देशको रूपमा आफूलाई उभ्याउन भारत सफल भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकमा भारत अब विश्वको पाँचौ ठूलो अर्थतन्त्र बनेको छ ।
अनुमानित कूल ग्राहस्थ उत्पादन (जीडीपी) ३ हजार ८ सय ९४ अर्ब डलर भारतको पुगेको छ । बेलायतको भने, जीडीपी ३ हजार ६ सय ८७ अर्ब डलर रहेको छ ।

अहिले विश्वको कूल जीडीपीमा अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८, जर्मनको ४.१ र भारतको ३.५ प्रतिशत हिस्सा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर