भक्तपुरका लन टेनिस खेलाडी रोजनसहित ८ जना राष्ट्रिय खेलकुदमा छनोट – Nepal Press

भक्तपुरका लन टेनिस खेलाडी रोजनसहित ८ जना राष्ट्रिय खेलकुदमा छनोट

काठमाडौं । भक्तपुर लन टेनिस खेलाडी रोजन दुवाल राष्ट्रिय खेलकुदमा छनोट हुन सफल भएका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट रोजन राष्ट्रिय खेलकुदको लागि छनोट हुन सफल भएका हुन् ।

नेपाल टेनिस संघले ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा छनोट प्रतियोगिता आयोजना गरेको थियो । बागमतीस्तरीय छनोटबाट राष्ट्रिय खेलकुदको लागि रोजनसहित पाँच पुरुष र तीन महिला लन टेनिस खेलाडी छनोट भएको संघकी अध्यक्ष ज्योति राणाले जानकारी दिइन् ।

उनका अनुसार पुरुषतर्फ भक्तपुरका रोजन, काठमाडौंका निशान श्रेष्ठ, प्रितम परियार र शिवराम रानामगर तथा ललितपुरका निजेज महर्जन छनोट भएका छन् ।

त्यस्तै महिलातर्फ काठमाडौंका रायना शाह, प्रकृति श्रेष्ठ र अद्या पौडेल छनोट भएको अध्यक्ष राणाले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर