प्रेस युनियनलाई खर्च दिन हेटौँडामा फेसबुक ग्रुपले थाल्यो एक रुपैयाँ संकलन अभियान – Nepal Press

प्रेस युनियनलाई खर्च दिन हेटौँडामा फेसबुक ग्रुपले थाल्यो एक रुपैयाँ संकलन अभियान

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने र जनप्रतिनिधिको लागि कोर्ट र सारी खरिदको रकम भुक्तानी गरिदिने निर्णयविरुद्ध फेसबुकको सक्रिय ग्रुप मेन्स रुम रिलोटेड (एम.आर.आर) हेटौँडामा एक रुपैँया चन्दा संकलन अभियान थालेको छ ।

प्रेस युनियनलाई १० लाख चन्दा सहयोग तथा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिधिहरुलाई कोट र सारी दिनको लागि एम आर.आरले बजार क्षेत्रमा १–१ रुपैयाँ चन्दा संकलन गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाले गत भदौ १५ गते प्रेस युनियनलाई राष्ट्रिय अधिवेशनको खर्च बापत १० लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेको विरोधमा आफूहरुले विरोध गरेका एम.आर.आरका ग्रुप मेम्बर अच्युत नेपालले बताए ।

जनताबाट कर लिएर पार्टीको कार्यकर्तालाई बाँड्नु भ्रष्ट्राचार भएको बताउँदै आफूहरुले उपमहानगरको कदमविरुद्ध चन्दा सहयोग अभियान सुरु गरेको एम.आर.आरका जितेन्द्र दाहालले बताए । शनिबार जम्मा भएको ५ सय ५५ रुपैँया आइतबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर