एमाले उपमहासचिव गुरुङ फेरि मुख्यमन्त्रीका उम्मेदवार, प्रतिनिधिसभामा सिफारिस भएनन् – Nepal Press

एमाले उपमहासचिव गुरुङ फेरि मुख्यमन्त्रीका उम्मेदवार, प्रतिनिधिसभामा सिफारिस भएनन्

पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभा सदस्यमै उम्मेदवार बन्ने भएका छन् । गण्डकीको सफल मुख्यमन्त्रीका रुपमा स्थापित भएका गुरुङ पुनः मुख्यमन्त्रीकै दाबेदार बनेका हुन् ।

शनिबार सम्पन्न एमाले लमजुङको बैठकले पार्टी उपमहासचिव गुरुङलाई जिल्लाको २ नम्बर प्रदेश क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ । पार्टी प्रचार विभाग प्रमुख समेत रहेका गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा थियो ।

शनिबारको बैठकले प्रदेशसभा २ तर्फ गुरुङ र पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । त्यस्तै, प्रदेशसभा १ तर्फ धनन्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभातर्फ एकमात्र सीटका लागि संविधानसभा सदस्य जमिन्द्रमान घले र सुवास पौडेलको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ टुकाभद्र हमाल, कल्पना थापा र प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ ।

प्रदेशसभातर्फ प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेसहित १३ जनाको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर