एमाले मकवानपुरले गर्‍याे ४ प्रदेश सदस्यको लागि २३ जनाको नाम सिफारिस (नामसहित) – Nepal Press

एमाले मकवानपुरले गर्‍याे ४ प्रदेश सदस्यको लागि २३ जनाको नाम सिफारिस (नामसहित)

हेटौंडा । प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाको ४ प्रदेश सभा सदस्यको लागि २३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय समितिको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि २३ जनाको नाम उम्मेदवारकाे लागि सिफारिस गरेको हो ।

क्षेत्रीय समन्वय समितीको बैठकले मकवानपुर क्षेत्र नंबर १ को ‘क’ र ‘ख’ लागि १६ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ उम्मेदवारको लागि नारायणप्रसाद सापकोटा,कमल विष्ट,अणराज जर्गा मगर,सिता विष्ट,दिलबहादुर घिसिङ,राजकुमार तिमल्सिना,कृष्णप्रसाद चौलागाई र दिपक न्यौपानेको नाम सिफारिस हुँदा १ को ‘ख’ का लागि रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस भएको छ ।

यसैगरि, क्षेत्रीय समन्वय समिती बैठकले क्षेत्र नंबर २ को ‘क’ र ‘ख’ को उम्मेद्वारको लागि ७ जनाको नाम सिफारिस गरेको छ । २ को ‘क’ लागि बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ ।

आज संघिय समन्वय समितिले प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गर्ने कार्यक्रम रहेको एमाले मकवानपुर सचिव नवीन सिग्देलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर