सुरेन्द्र पाण्डेको क्षेत्रमा जगन्नाथको पनि दाबी, उम्मेदवारका लागि दुवैको नाम सिफारिस – Nepal Press

सुरेन्द्र पाण्डेको क्षेत्रमा जगन्नाथको पनि दाबी, उम्मेदवारका लागि दुवैको नाम सिफारिस

चितवन । लगातार दुईपटक चितवन क्षेत्र नम्बर १ बाट फराकिलो मतान्तरले चुनाव जितिरहेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आफ्नो क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनबाट रोकिएका छन् ।

क्षेत्रीय समन्वय कमिटीको शुक्रबारको विस्तारित बैठकमा अर्का नेता जगन्नाथ थपलियाले पनि दावी नछाडेपछि दुवैजनाको नाम सिफारिस भएको छ । बैठकमा पाण्डे र थपलिया दुवै नेता सहभागी थिए ।

एमाले केन्द्रीय सदस्य तथा शिक्षा विभाग उपप्रमुख थपलिया चितवन जिल्ला विकास समितिका पूर्व उपसभापति पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर