एमालेद्वारा मकवानपुर १ र २ को ‘क’ का लागि ११ जना सिफारिस, को-को परे ? – Nepal Press

एमालेद्वारा मकवानपुर १ र २ को ‘क’ का लागि ११ जना सिफारिस, को-को परे ?

हेटौंडा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाको क्षेत्र नम्बर १ र २ को ‘क’ को उम्मेद्वारको लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार दिउँसो भएको क्षेत्रीय समन्वय समितिको बैठकले मकवानपुर क्षेत्र नम्बर १ को ‘क’ उम्मेद्वारको लागि ८ जनाको नाम सिफारिस गरेको छ भने २ को ‘क’ लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

१ को ‘क’ प्रदेश सदस्यको उम्मेद्वारको लागि सिफारिस हुनेहरुमा नारायणप्रसाद सापकोटा, कमल विष्ट, अणराज जर्गा मगर, सिता विष्ट, दिलबहादुर घिसिङ, राजकुमार तिमल्सिना, कृष्णप्रसाद चौलागाई र दिपक न्यौपाने रहेका छन् ।

यसैगरी, शुक्रबार नै भएको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले मकवानपुर क्षेत्र नम्बर २ को ‘क’ का लागि प्रत्यक्षतर्फ बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर