राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित – Nepal Press

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहुमतले जस्ताको त्यस्तै पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित भएको हो ।

उक्त विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।

राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर