तरुण दल अध्यक्ष गुरुङले भने- आन्तरिक कमजोरीका कारण स्वतन्त्र उम्मेदवारले जिते – Nepal Press

तरुण दल अध्यक्ष गुरुङले भने- आन्तरिक कमजोरीका कारण स्वतन्त्र उम्मेदवारले जिते

काठमाडौं । नेपाली कांग्रेस निकट तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजनीतिक दलहरुको आन्तरिक कमजोरीका कारण स्वतन्त्र उम्मेदवारहरु हावी भएको बताएका छन् ।

‘जनताको साथमा काङ्ग्रेस’ अभियान अन्तर्गत आज पर्वत जिल्ला कार्यसमितिमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूभित्रकै आन्तरिक कमि कमजोरीको कारण केही दिन फेसबुकमा उदाएका स्वतन्त्रहरुले आज चुनाव जितेको उनले दाबी गरे ।

त्यस्तै, गुरुङले तरुण दलका कार्यकर्ता तथा विद्यार्थीहरुलाई नेताविरुद्ध नलेख्नसमेत आग्रह गरे ।

जसरी किसानले एउटा समय दुःख गरेर अर्को समय फल फलाउँछ त्यसरी नै नेता गुरुङ्ले पाँच वर्षसम्म आफूहरुले केन्द्रदेखि जिल्ला, जिल्लादेखि क्षेत्र, नगर गाउँ एवम वार्डहमा जनतासँग बसेर काम गरेको बताउँदै गुरुङले आगामी मंसिर ४ गते त्यसकै फल खाने बेला आएको दाबी गरे ।

उनले आफूले पहिले पनि आदिवासी, महिलाहरुलाई समानुपातिकमा मात्र नभएर प्रत्यक्ष चुनाव लडाउनुपर्छ भनेर जोड दिँदै आएको र यसपालि नेतृत्वले त्यसलाई ध्यान दिने विश्वास व्यक्त गरे ।

पुराना नेताहरु चुनाव लड्न नचाहेको खण्डमा युवाहरु तयार हुनुपर्ने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर