प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकमा सिफारिस – Nepal Press

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ को समानुपातिक सांसदको लागि सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको हिजोको बैठकले परियारलाई सिफारिस गरेको हो । उनी सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् ।

नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चारमाध्याममा १५ वर्षको अनुभव सम्हालेका परियार २०७४ सालमा पनि देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त थिए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रूपमा उनको यो दोस्रो कार्यकाल हो ।

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनीले सन् २०१२ मा बेलायतको थम्सन फाउण्डेशनबाट खोज पत्रकारिता पुरस्कार पनि जितेका थिए ।

उनले पत्रकारिताका विभिन्न विधामा बेलायत, अमेरिका, अष्ट्रेलिया र नेदरल्याण्डबाट अध्ययन तथा तालिम लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर