साफ महिला च्याम्पियनसीपको तयारी पूरा – Nepal Press

साफ महिला च्याम्पियनसीपको तयारी पूरा

काठमाडौं । भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगाशालामा आयोजना हुने साफ महिला च्याम्पियनसिपको तयारि पूरा भएको छ ।

यसअघि प्रतियोगिता संचालनका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) का वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा गठन भएको १९ सदसीय मुल आयोजक समिती र उपसमितिहरु गठन गरिएको थियो ।

शुक्रबार एक कार्यक्रमका बीच प्रतियोगिता आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी भएको जानकारी दिएको हो ।

आयोजक नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशको सहभागिता रहने प्रतियोगिताका सबै खेलहरु दशरथ रंगाशालामा आयोजना हुनेछन् । सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । आयोजन नेपाल, भुटान र श्रीलंका समूह‘ए’ मा रहेका छन् भने, समूह‘बी’मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

प्रत्यक समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार एन्फाले हन्डे«ड स्पोट्सलाई बिक्री गरिसकेको छ । प्रतियोगिताका लागि साधारण तर्फ ३ सय र भीआईपी तर्फ ५ सय टिकट दर तय भएको छ ।

प्रत्योगिताका लागि भुटान र पाकिस्तान नेपाल आइसकेका छन् भने बाँकी टिमहरु सेप्टेम्बर ४ सम्म काठमाडौं आइपुग्ने आयोजक कमिटीले जानकारी गराएको छ ।

यस्तै, प्रतियोगिता संचालनका लागि करिब तीन करोड ४७ लाख ६७ हजार ६८० रुपैँया अनुमान गरिएको छ । जसमध्ये सहभागी टिमहरुको र म्याच अफिसियलहरुको खानपिन तथा बसोबासको खर्च साफले व्यहोर्नेछ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले व्यहोर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर