बाँके २ बाट मन्त्री राईको नाम एकल सिफारिस – Nepal Press

बाँके २ बाट मन्त्री राईको नाम एकल सिफारिस

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) ले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राईलाई आगामी निर्वाचनको लागि एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा राई यही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रमोद यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षीत र प्रमोद यादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ ।

यसैगरी प्रदेशसभा १ (क) बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ तथा (ख) बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा २ (क) बाट सर्बनकुमार यादव र भण्डारीलाल यादव, तथा (ख) बाट राजन रानामगर, माजिर अलि शेख, दुर्गेश गुप्ता र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राईले जानकारी दिए ।

त्यसैगरी प्रदेशसभा ३ (क) बाट उदयराज यादव र बलराम यादव तथा (ख) बाट विजय पाठक, राजेश वर्मा र प्रवीण वर्माको नाम सिफारिस गरिएको जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष राजीव कुर्मीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) ले प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेशसभा २ (क) मा जितेको थियो ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा गठबन्धन हुँदा पनि जसपाले दाबी गरेको क्षेत्र राईकै क्षेत्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर