प्रसिद्ध रुसी तेल व्यापारीकाे ‘मृत्यु’ रहस्यमय – Nepal Press

प्रसिद्ध रुसी तेल व्यापारीकाे ‘मृत्यु’ रहस्यमय

काठमाडौं । रुसको सबैभन्दा ठूलो निजी तेल कम्पनी लुकोइलका अध्यक्ष रविल म्यागानोभले बिहीबार आत्महत्या गरेका छन् । रुसको सरकारी मिडियाका अनुसार रविलले अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

मिडिया रिपोर्टअनुसार उनी मुटुको नियमित चेकजाँच गर्न अस्पातल पुगेका थिए । पछिल्लो समय उनले आफू डिप्रेशनमा रहेको पनि बताउँदै आएका थिए । उनले छैटौं तलाबाट किन हाम फाले ? उनले हाम फालेका हुन् वा होइनन् ? लगायतको अधिकारिक पुष्टि हुनसकेको छैन ।

उनले जाँच गराउन गएको अस्पातलको बिल्डिङमा निर्माण कार्य चलिरहेको र सो ठाउँको सीसीटीभी पनि नचलेको कारण उनको मृत्‍यु थप रहस्यमय बनेको हो । रविलको मृत्‍युलाई रहस्य मानिनुको अर्को कारण के पनि रहेको छ भन्दा रुसले युक्रेनमाथि सुरु गरेको हमलाको निन्दा गर्ने उनी एक्ला ‘हाइ प्रोफाइल’ व्यापारी थिए ।

उनले गत मार्चमा युक्रेनमाथि रुसले गरेको आक्रमण दुःखद रहेको र युद्ध यथाशीघ्र अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर